प्रवास

कोरोना भन्दा खतरानक भाइरस ‘फ्लोरोना’ भेटियो

Banner

इजरायल, पुस १७–

कोरोनाले विश्वलाई नै आक्रान्त बनाइ रहेको बेला इजयरालमा थप नयाँ भाइरस पत्ता लागेको छ ।

‘फ्लोरोना’ नामको भाइरसको पहिलो केस पत्ता लागेको हो। अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार फ्लोरोनामा कोरोना भाइरस र इन्फुलुएन्जाको दोब्बर ‘इन्फेक्सन’ रहेको छ।

फ्लोरोना झन् खतरनाक रहेको दाबी गरेको छ। यही कारण इजरायलले चौथोपटक बुस्टर डोज दिने निर्णय समेत गरेको छ। इजरायलमा तेस्रो डोज तीन महिनाअघि नै दिइसकिएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिहीबार इजरायलमा ५ हजार बढी संक्रमित देखिएका थिए। त्यहाँ हालसम्म १३ लाख ८० हजार बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ८ हजार बढीको संक्रमणबाट मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>