कर्पोरेट

सौराहालाई लक्षित गरी अन्तराष्ट्रियस्तरको होटल व्यवस्थापन शिक्षा दिँदै एक्सप्लोर एकेडेमी

Banner

चितवन, पुस १५-

सौराहालाई लक्षित गरेर चितवनमा अन्तर्राष्ट्रियस्तरको होटल व्यवस्थापन शिक्षा दिनको लागि एक्सप्लोर हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी सञ्चालनमा आएको छ ।

२०७६ सालमा नै स्थापना भएको यो एकेडेमीले अहिले दोस्रो ब्याचको लागि भर्ना माग गरेको हो । काठमाडौँको कालीमाटीमा झण्डै एक दशकअघिदेखि सञ्चालनमा आइरहेको एकेडेमीले चितवन पनि होटल व्यवस्थापन पर्यटन क्षेत्रमा राम्रो सम्भावना भएको क्षेत्रको रुपमा देखेर एकेडेमी सञ्चालनमा ल्याउनुपरेको एकेडमीका निर्देशक मनोज अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

एकेडमीमा डिप्लोमा तहको ६ महिनाको कोर्सदेखि अल्पकालिन तालिमहरु सञ्चालन गरिँदै आएको छ । एकेडमीमा ६ महिनाको कोर्स पूरा गरेपछि नेपालमा एक वर्ष तारे होटलमा प्रशिक्षार्थीको रुपमा काम सिकाएर रोजगारीको लािग कुबेत, दुबई र माल्टा जस्ता देशहरु पठाउने गरिएको एकेडमीले जनाएको छ । एकेडेमीमा सञ्चालित कुनै पनि कोर्स गर्नको लागि एसईई वा प्लस टु पास गरे पुग्छ । विदेश जान चाहने जो कोहीले पनि होटल व्यवस्थापनसम्बन्धी सिप लिनको लागि एकेडेमीमा शिक्षा लिन सक्ने व्यवस्था गरिएको छ ।

एक्सप्लोर हस्पिटालिटी एण्ड कुलिनरी एकेडमीले रत्ननगरकै पञ्चकन्या विद्यामन्दिरसँग सहकार्य गरेर कक्षा ११ र १२ मा होटल व्यवस्थापन पनि पढाउँदै आएको एकेडेमीका निर्देशक अधिकारीले नारायणी अनलाइनलाई बताए । एक्सप्लोर एकेडेमीको पहिलो व्याचमा २० जना विद्यार्थी अध्ययनरत छन् भने विद्यार्थीलाई शिक्षा दिन १० जना प्रशिक्षकहरु खटिएका छन् । राम्रा र अनुभवी प्रशिक्षक, अत्याधुनिक भौतिक पूर्वाधारसहितको ल्याब रहेको एकेडेमीले जनाएको छ । नौ कठ्ठा जग्गामा प्रशस्त क्षेत्रफलमा सञ्चालित एकेडेमीमा आफ्नै किचन, रेष्टुरेन्ट सञ्चालनमा छ भने निकट भविष्यमा ब्याङ्क्वेट पनि सञ्चालनमा आउने तयारी रहेको निर्देशक अधिकारीले बताए । उनले भने, ‘काठमाडौँको भन्दा राम्रो प्रयोगात्मक ल्याबमा हामीले होटल व्यवस्थापनि सिकाइरहेका छौं । नेपालको तारे होटलमा अभ्यास गराइने भएकोले विश्वका स्तरीय होटलमा विद्यार्थीहरुले अवसर पाइरहेका छन् । निकै सस्तो शुल्कमा पढाइरहेकोले पनि रुकुम, कालिकोट, रौतहट, सर्लाही, पर्सादेखि विद्यार्थीहरु पढ्न आइरहेका छन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>