समाज

पूर्वयुवराज पारसकी कान्छी छोरी कृतिकाले बनाइन् नागरिकता, हिमानीले गरिन् सनाखत

Banner

काठमाडौं,पुस १५-

पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन्। उनले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर वंशजका आधारमा नागरिकता बनाएकी हुन्। छोरी कृतिकाको नागरिकतामा पूर्वयुवराज्ञी हिमानी शाहले सनाखत गरेकी हुन्। त्यसका लागि उनी छोरीसँगै काठमाडौं जिल्ला प्रशासनको कार्यालय पुगेकी थिइन्।

यसअघि जेठी छोरी पूर्णिकाको नागरिकतामा पनि हिमानीले नै सनाखत गरेकी थिइन्। पूर्वयुवराज पारस भने दुवै छोरीको नागरिकता बनाउँदा जिल्ला प्रशासन गएनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>