देश/प्रदेश
ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन
०

काठमाडौं, साउन ३०-
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् ।
इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन् ।
ओली आज इलाममै बस्ने कार्यक्रम रहेको नेकपा ९एमाले० झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार ओली भोलि बिर्तामोडमा आयोजना हुने एमाले झापाको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।
एमाले झापाले पार्टी संगठनलाई थप सक्रिय बनाउने तथा कार्यकर्तामाझ जागरण र अभियान सञ्चालन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























