अन्तर्राष्ट्रिय

इन्डोनेसियाको पूर्वी भागको बान्डा सागरमा ७.३ म्याग्निच्युडको भूकम्प

Banner

इन्डोनेसिया, पुस १५-

इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिणपश्चिम मालुकु जिल्लाको टियाकुर शहरबाट १३२ किलोमिटर पूर्वमा र समुन्द्री तलबाट १८३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) का अनुसार दक्षिणपश्चिम मालुकुमा केही घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताएको छ।

भूकम्पपछि ५.२ म्याग्निच्युडका तीनवटा परकम्पन गरेको रेकर्ड छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>