अन्तर्राष्ट्रिय

उहिगुर मुसलमानहरू उपर चीनको दमन चीन बाहिर पनि महसुस भएको छः मिडिया रिपोर्ट

Banner

एजेन्सी ।

जिगंजियागं प्रान्तमा चीन सरकारले उहिगुर मुसलमान समुदायप्रति गरेको दमनका कारण ती समुदायले चुपचाप दमन सहेर बस्नुको विकल्प नरहेको खबर छ । यसको तनाव देश बाहिर बस्ने उहिगुर समुदायका सदस्यलाई पनि पर्न थालेको न्यु योर्क टाइम्समा प्रकाशित एउटा मिडिया रिपोर्टले बताएको छ ।

एमी क्वीन र सुलीभी नामका शोधकर्ता र लेखिकाहरूले लेखेका यस मिडिया रिपोर्टका अनुसार चीन बाहिर बसेका १० लाख जति उहिगुर समुदायका सदस्यहरूले जिगंजियागं प्रान्तमा रहेका आफ्ना आफन्तसँग टेलिफोनमा समेत कुरा गर्न पाएका छैनन् ।

पछिल्ला वर्षहरूमा उहिगुर समुदायका मान्छेहरूलाई निशाना राख्दै दमन गरेको चीन सरकारले विदेशमा सबन्ध भएका उहिगुर परिवारलाई झनै निशानामा राखेर दमन गरेको बताइन्छ । अहिले आएर आफ्नो परिवारका विदेशमा बस्ने सदस्यसङ पनि टेलिफोन वार्ता समेत सरकारले गर्न प्रतिबन्ध लगाएको हो ।

विदेशमा भएका दसौँ लाख उहिगुर सदस्यहरूलाई चीनमा भएका आफ्ना परिवारका प्रिय सदस्यहरू इन्टरमेन्ट क्याम्पमा छन्, कारावासमा छन् या जीवित या मृत छन् भन्ने सम्म थाहा छैन भनी उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

न्यु योर्क टाइम्सको उक्त रिपोर्टमा एक जना उहिगुर नुरगुल साउतलाई उद्धृत गरिएको छ । अष्ट्रेलीया बसिरहेका नुरगुलले आफ्ना समुदायका सदस्यहरूलाई मानसिक परामर्श र साथ दिँदै आएका छन्, उन्का अनुसार यसरी पीडा र वियोगले हामीलाई मार्नुअघि हामी यी पीडाहरूलाई केही अर्थपूर्ण कदमका रूपमा विकास गर्न चाहन्छौँ ।

न्यु योर्क टाइम्सका अनुसार चीनको सरकारले दसौँ लाख उहिगुरलाई क्याम्पमा पठाएको, कारखानाहरुमा जोखिमपूर्ण काम गर्न पठाएको, देश निकाला गरेको, जन्म नियन्त्रण गर्न विभिन्न क्रियाकलापहरू गरेको, महिला र बालबालिकाहरूमाथि दमन गरेको , उहिगुर बालबालिकाहरूलाई सरकारी नियन्त्रणका बोर्डिगं स्कुलमा जबरजस्ती पठाउने सम्म गरेको छ । बेइजिगंको नेतृत्वले उहिगुरहरुलाई धर्मका आधारमा निकै पक्षपात गरेको र उनीहरूलाई आफ्नो धर्म मान्न समेत गाह्रो पारेको खबर छ । यद्धपी यी सबै आरोपहरूलाई चीनको सरकारले ठाडै अस्वीकार गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>