अन्तर्राष्ट्रिय

पाकिस्तानमा शरण लिन पुगेका अफगानीहरुलाई फिर्ता पठाउँदै पाकिस्तान

Banner

इस्लामाबाद । तालिबानले अगस्तमा छिमेकी अफगानिस्तानको कब्जा गरेपछि तीन लाखभन्दा बढी अफगानीहरु पाकिस्तानमा शरण लिन बाध्य भएका छन्। पाकिस्तानले भने उनीहरुलाई आफ्नो मुलुक फिर्ता हुन आग्रह गरिरहेको छ।

पाकिस्तानी अधिकारीहरूले बिहीबार पहिलो पटक पाकिस्तान प्रवेश गरेका अफगानीहरुको संख्या खुलासा गर्दै फिर्ता जान आग्रह गरेको हो। अफगानिस्तानमो वैध भिसामा पाकिस्तान प्रवेश गरेको एक लाख पाँच हजार भएको पनि खुलाइएको छ।

बाँकी दुई लाख अफगानीहरु गैरकानूनी प्रवेशकर्ताहरू भएको ठहर गर्दै केही दिनभित्र सबैलाई अफगानिस्तान फर्किन आदेश दिएको हो। उनीहरु अफगानी शासनको चरम यातनाबाट पाकिस्तानमा शरण लिन पुगेका थिए।

तालिबान सरकारलाई मान्यता दिएको पाकिस्तानले यसरी शरण लिन आएकाहरुलाई फिर्ता गर्नु न्यायसंगत नभएको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ। अफगानिस्तानमा मानवीय र आर्थिक संकट भएकोले सहयोगको माग गरिरहेको पाकिस्तानले शरण लिन आएका अफगानीहरुलाई फेरि त्यही संकटको सामना गर्न फिर्ता पठाउनु द्वेध चरित्र देखाएको स्पष्ट हुन्छ।

अफगानिस्तानमा तालिबानी कब्जामा पाकिस्तानले सहयोग गरेको ठहर गर्दै अमेरिकाले पाकिस्तानसँगको सम्बन्धलाई पनि सावधानीपूर्वक हेरिरहेको छ। तालिबानले अगस्त १५ मा अफगानिस्तानमा कब्जा गरेको थियो। उक्त कब्जापछि अन्तर्राष्ट्रिय संघसंस्थाहरुले पनि आर्थिक सहयोगमा रोक लगाएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>