खेलकुद

अपराजित रहँदै नेपाली महिला टोली फाइनलमा

Banner

काठमाडौँ, पुस १२-

नेपाली राष्ट्रिय महिला भलिबल टिम एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।

सोमबार भएको राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई हराउँदै नेपाली महिला टोलीले लगातार पाँचौं जित निकाल्दै उपाधिका लागि उज्वेकिस्तानसँग भेट पक्का गरेको हो।

नेपालले कीर्गिस्तानलाई २५-८, २५-१४, २५-१६ ले पराजित गरेको हो ।

उपाधिका लागि नेपालले मंगलबार उज्वेकिस्तानसँग खेल्नेछ । सोमबारै भएको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-२ को सेटमा हराएर फाईनलमा स्थान बनाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>