Breaking News

श्री एयरलाइन्सले छिट्टै भरतपुर–काठमाडौँ उडान गर्ने, तीन जहाज थपेर नौवटा पुर्‍याउँदै

Banner

चितवन, पुस ११-

निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले भरतपुर –काठमाडौँ नियमित उडान गर्ने भएको छ ।

एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जहाज संख्या विस्तारसँगै हामी नियमित उडानका लागि भरतपुरसहित तीनवटा गन्तव्यमा थप्ने योजनामा रेहेको बताए । उनले भने, ‘ जहाजमा आवश्यक डेनपेन्ट भइसकेको छ,’ उनल भने, ’हामी जहाज संख्या विस्तारसँगै सुर्खेत, भरतपुर र तुम्लिङटारमा छिटै नियमित उडान सुरु गर्दैछौं।’
एयरलाइन्सको तेस्रो टर्बोप्रोप आइपुगेको छ । कम्पनीले शनिबार राति क्यु–४०० सिरिजको बम्बार्डियर जहाज नेपाल भित्र्याएको प्रवक्ता मानन्धरले बताए।
तत्काल तीन वटा टर्बोप्रोप ल्याउने योजना बनाएको कम्पनीले थप एउटा जहाज आउँदो जनावरीभित्रै ल्याउन लागेको उनले बताए । चार महिना अगाडि जहाज थपका लागि कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको थियो ।

’हामीले थप पाँच टर्बोप्रोप जहाज बिस्तार गर्न आवेदन दिएका थियौं। सुरुमा तीन र पछि अवस्था हेरेर थप दुई जहाज थप्न सुझाव आएको छ,’ प्रवक्ता मानन्धरले भने।

कम्पनीले हाल दुई जेट इन्जिनयुक्त सीआरजे–२००, दुई सीआरजे–७०० र दुई प्रोपेलर इन्जिनयुक्त क्यु–४०० सिरिजका जहाजमार्फत मुलुकका आन्तरिक गन्तव्यहरुमा नियमित उडान गर्दै आएको छ । तीनवटा थपिएसँगै कम्पनीको जहाज संख्या नौवटा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>