नवलपरासी

नवलपरासीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, तीन घाइते

Banner

नवलपरासी, पुस ११-

पश्चिम नवलपरासीमा आज बिहान पौने ६ बजे बसले पैदल हिंडिरहेका चार जनालाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको हो ।

प्रहरीले बसको ठक्करबाट घाइते भएकी रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेश्मीमगरको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बतायो।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

मृतक रेश्मी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीको श्रीमती हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>