खेलकुद

रत्ननगर महोत्सवमा ‘राष्ट्रिय भलिबल प्रतियोगिता’ हुने

Banner

चितवन, पुस ११–

पूर्वी चितवनमा हुन लागेको रत्ननगर महोत्सवमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

उद्योग वाणिज्य संघ, रत्ननगरले महोत्सवको आकर्षणको रुपमा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । संघका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले दर्शकहरुलाई फरक स्वाद दिनका लागि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । ‘महोत्सवमा मनोरञ्जनात्मक मात्र होइन, स्तरीय खेलकुद गतिविधि पनि हुन्छन् भन्ने सन्देश दिने गरि खेलकुद प्रतियोगिता आयोजना गर्न लागेका छौं’–अध्यक्ष श्रेष्ठले भने ।

रत्ननगर महोत्सव पुस २७ देखि माघ ८ गतेसम्म टिकौली चौरमा हुँदैछ । सोही महोत्सव स्थलभित्र माघ ३ गतेदेखि चार दिन भलिबल प्रतियोगिता हुने खेलकुद व्यवस्थापन समितिका संयोजक अनुप विसुरालले जानकारी दिए । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लव, एपीएफ क्लव, नेपाल पुलिस क्लव, आयोजक टिमलगायत ८ टिमको सहभागिता रहने विसुरालले बताए । उनका अनुसार प्रतियोगिता लिगचरणमा हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले एक लाख, तृतीय हुनेले ५० हजार र चौथो हुने टोलीले २० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । चितवनमा महोत्सव भित्र पहिलोपटक यति ठूलो प्रतियोगिता हुन लागेको हो ।

चितवनमा भलिबलका दर्शकहरु धेरै भएकाले आकर्षणको रुपमा यस प्रतियोगिता रहने संयोजक विसुरालले बताए । ‘राष्ट्रियस्तरका प्रतियोगिता हेर्नका लागि ३ सय रुपैयाँ भन्दा माथिको टिकट काट्नुपर्छ, हामीले महोत्सवकै टिकटबाट ठूलो प्रतियोगिता हेर्न मिल्ने बनाउँदैछौं । यसले महोत्सवमा दर्शकको संख्या वृद्धि हुनेमा विश्वास्त छौं’–संयोजक विसुरालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>