Breaking News
राप्रपाका वरिष्ठ उपाध्यक्ष पाण्डेलाई चितवनमा भव्य स्वागत

चितवन, पुस ३-
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले हालसालै पार्टीको अधिवेशनमा निर्वाचित पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डलाई चितवनमा स्वागत गरेको छ ।
आज चितवनको पार्टी कार्यालयको आफ्नै भवनमा राप्रपाको एकता महाधिवेशमा सर्वाधिक मत प्राप्त गरी उपाध्यक्षमा विजय भएका पाण्डेलाई स्वागत तथा सम्मान गरेको हो ।
नव निर्वाचित पाण्डेको चितवन क्षेत्र नं ३ निर्वाचन क्षेत्र पनि हो । कार्यक्रममा ऋषिबाबु परियारले चितवनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाइ दिएका छन् । उनले आउने निर्वाचनमा अध्यक्ष पाण्डेलाई राष्ट्रको उच्च स्थानमाा पु¥याउन चितवनका कार्यकर्तालाई मेहनतका साथ काम गर्न आग्रह गरे ।
वागमती प्रदेश सांसद तथा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित रिना गुरुङले सर्वाधिक मत दिएर उपाध्यक्षमा वरिष्ठ नेता पाण्डेलाई विजयी गराएकोमा सम्पूर्ण निर्वाचन प्रतिनिधिलाई धन्यवाद दिइन् । सासंद गुरुङले अब गाउँगाउँमा राष्ट्रवादको झण्डा फहराउने भन्दै उनले चितवन सुगतिमा लाग्ने बताइन् । साथै उनले हरेक कार्यकर्ताको अमूल्य मतको कदर गर्ने बाचा गरेकी छन् ।
यस्तै राप्रपा अपाङ संघका केन्द्रीय अध्यक्ष भरतमणि भट्टले सेतो छडी बिना सन्तुलित विकासको अवधारणा पूरा नहुने बताए । उनले आँखाको ज्योति कमजोर भए पनि इच्छा तत्परताका कारण सबल र सक्षम रहेको बताए । त्यसैगरी आज नै भरतपुरको चनौलीमा पाण्डेलाई सम्मान तथा स्वागत गरिएको छ ।
























