कर्पोरेट

क्लासिक टेकका ग्राहकलाई ६५० प्रतिशतसम्म निःशुल्क ब्यान्डविथ अपग्रेड

Banner

चितवन, पुस १-

क्लासिक टेक इन्टरनेट कम्पनीले निःशुल्करूपमा आफ्नो ग्राहकलाई ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरेको छ ।

क्लासिक टेकले आज प्रेषित गरेको विज्ञप्तिमा ग्राहकलाई निःशुल्क १५० एमबीपीयस देखि ३०० एमबीपीयससम्म अपग्रेड गरिएको जनाइएको छ ।
प्याकेज अपग्रेड पश्चात पुरानै शुल्कमा आमप्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ । हाई स्पिड इन्टटरनेट प्रयोग गर्न आमग्राहक वर्गलाई डुवल व्याण्ड राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिकटेकबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नविनतम प्रविधिका साथ ग्राहकलाई छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिकटेक सदैव तत्पर रहेको छ । क्लासिक टेकले नेपालमै पहिलो पल्ट नेक्स्ट जेनेरेशनको प्रविधि वाइफाइ ६ र ट्रिव्याण्ड राउटरको साथमा टाकियन टाकियन इन्टरनेट सेवा भित्राउने घोषणा समेत गरेको यहाँहरूलाइ अगवत नै रहेको छ ।’

वाइफाइ ६ का साथमा टाकियन इन्टरनेट प्रविधि भित्राउन अन्तिम परीक्षण भइरहेको पनि कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटीलगायतका सुविधाहरू रहने कम्पनीले जनाएको छ । दुर्गमदेखि सुगमसम्म ७४ जिल्लाका १०३ स्थानमा क्लासकिटेकले आफ्नो सेवा सञ्चालन गरिरहेको कम्पनीले विज्ञप्तिमार्फत् सबैमा जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>