चितवन विशेष

भरतपुरको प्रेसिडेन्सी कलेजमा नव उद्यमशाला कार्यक्रम सञ्चालन गरिने

Banner

चितवन, पुस १-

भरतपुरको प्रेसिडेन्सी कलेजमा नव उद्यमशाला कार्यक्रम सञ्चालन गरिने भएको छ ।

प्रेसिडेन्सी बिजनेस इन्कुबेसन सेन्टर र अन्र्तप्रेरणा प्रालिले संयुक्तरुपमा उद्यमशिलता प्रवद्र्धन गर्न नव उद्यम शाला कार्यक्रमको सञ्चालन गर्न लागेको कलेजले विज्ञप्तिमार्फत् जनाएको हो ।

युवा विद्यार्थीको बीचमा उद्यमशिलता विकास र प्रवद्र्धन गराउने उद्देश्यका साथ छ महिनासम्मको निरन्तर कोचिङ गरिने विज्ञप्तिमा जनाइएको छ । यस कार्यक्रमअन्र्तगत कुनै व्यबसायिक सोच भएका र सो सोचलाई मूर्तरुप दिन चाहने युवा विद्यार्थीलाई समावेश गरी उद्यमशिलतामा दक्ष बिजनेश कोचहरुबाट मेन्टर शिक्षा दिने व्यवस्था गरिने कलेजले जनाएको छ । प्रेसिडेन्सी बिजनेस इन्कुबेसन सेन्टर, अन्तरप्रेरणा प्रालिले पम नेदरल्याण्ड र नोट्रेडम विश्वविद्यालयसँगको सहकार्यमा ६ महिनाको कोर्स मोडल बनाएको कोर्सको ढाँचामा बसेर नव उद्यम शालाकार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।

उद्यमशिलतासँग सम्बन्धित नियमित कक्षा, सम्बन्धित क्षेत्रको बिज्ञसँगको छलफल, सम्भावित लगानीकर्ताको खोजी र अन्तरक्रिया फिल्ड भिजिट गर्दै अन्तमा डेमो डे (अन्तिम प्रदर्शनी र प्रस्तुतिकरण) सम्मका कार्यक्रम यस कोर्समा रहने जनाइएको छ । लगानी आवश्यक भएको स्टार्टअपलाई विभिन्न मोडलमा लगानीको स्रोत जुटाउने पनि कार्यक्रमको लक्ष्य रहेको कलेजले जनाएको छ । यस कार्यक्रममा आवेदन दिन र सहभागी हुन कुनै प्रकारको शुल्क नलाग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस प्रकारको कार्यक्रम चितवन उद्योग वाणिज्य संघसँगको सहकार्यमा प्रेशिडेन्सी बिजनेस इन्कुबेसन सेन्टर, अन्तरप्रेरणा प्रालि, नेपाल कम्युनिटर मिलेर सन् २०१९ मा पहिलो पटक गरिएको विज्ञप्तिमा जनाइएको छ । सो कार्यक्रममा ८ वटा स्टार्टअपले सफलतापूर्वक ९ महिनाको कार्यक्रममा सहभागी भएका थिए ।

यस कार्यक्रम अन्र्तगत आवेदन दिन एक महिनाको समय तोकिएको छ । माघको पहिलो हप्ताबाट औपचारिक मेन्टरिङको थालनी गरीनेछ । सो कार्यक्रममा आवेदन दिन कलेजको वेभसाइट, सामाजिक सञ्जाल, इमेल वा कलेजमै गएर पनि फर्म भर्न सकिने कलेजले विज्ञप्तिमा जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>