Breaking News

महामन्त्रीमा पराजित हुने भएपछि मीनेन्द्र रिजालले दिए रक्षा मन्त्रीबाट राजीनामा

Banner

काठमाडौं, पुस १–

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा पराजित हुने अवस्थामा पुगेपछि रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् ।

मतगणना जारी रहँदा सुरुवाती अवस्थादेखि नै पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता बनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>