कर्पोरेट

जस्मिन पेन्ट्ससँग साईग्रेस अनुबन्धित

Banner

चितवन, मंसिर २९-

जस्मिन पेन्ट्स प्राइभेट लिभिटेडले चर्चित नेपाली कथाकार साइग्रेस पोखरेललाई आफ्नो कम्पनीसँग अनुबन्धित गरेको छ ।

पेन्ट्सले आज प्रेषित गरेको विज्ञप्ति अनुसार मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच उनलाई अनुबन्धित गरेको हो ।

बिगत २७ वर्षदेखि नेपाली घरहरुलाई सुहाउँदो अन्तर्राष्ट्रिय गुणस्तरको उच्च कोटीका रंगहरु उत्पादन गर्दै आएको यस कम्पनीले नेपाली बजारमा राम्रो छाप छोड्न सफल भएको विज्ञप्तिमा जनाइएको छ । अन्तर्राष्ट्रिय विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड–२०१८ लण्डन, नेपाल बेस्ट ब्रान्ड लिडरसिप अवार्ड २०१८ लगायत थुप्रै अवार्डबाट सम्मानित यस कम्पनीले आफ्नो उत्पादनहरुको प्रचारका लागि साईग्रेससँग सम्झौता गरेको हो । साईग्रेस पछिल्लो समय नेपाली समाजमा प्रख्यात कथा वाचक तथा मार्ग निर्देशकका रुपमा परिचित रहेका छन् । उनका बोली र शब्दहरुले मानिसहरुलाई आकर्षित बनाउँदै आएको पाउन सकिन्ने पेन्ट्सले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली मनको नेपाली रंग जस्मिन पेन्ट्सले ग्राहकको माग र चाहना अनुआर आफ्ना नयाँ उत्पादनहरुमा वृद्धि गर्दै आएको छ । स्वदेशी वस्तुहरु उत्पादन गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनी मनकामना ग्रुप अफ कम्पनीअन्तर्गत सञ्चालित रहेको छ ।’ जस्मिन पेन्ट्ससँग साईग्रेस अनुबन्धित भएपछि कम्पनीको स्तर अझ माथि पुग्नेमा विश्वस्त रहेको कम्पनीका निर्देशक मधुसूदन अर्यालले बताएको विज्ञप्तिमा जनाइएको छ । लोकप्रिय रहेका कथाकारसँगको सहकार्यले युवा पुस्ताहरु माझ जस्मिन पेन्ट्सले थप लोकप्रियता आर्जन गर्ने कम्पनीका कन्ट्री म्यानेजर डिल्लीराम पौडेले विश्वास ब्यक्त गरेका छन् । यता नेपाली पेन्ट्सहरुमै अग्रणी स्थानमा रहन सफल रंग कम्पनीसँग आफू अनुबन्धित हुन पाउँदा निकै खुसी भएको कथाकार साईग्रेसले बताए । यस कम्पनीको ब्राण्ड एम्बेसेडरको रुपमा भने मह जोडी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>