अपराध
बिइङ ह्युमनका म्यानेजर ६९ लाखसहित पक्राउ
०

काठमाडौं, मंसिर १९ –
काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजार एकजना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महानगरपालिका-१ दरवारमार्गस्थित बिइङ ह्युमन कपडा पसलका म्यानेजर हिरोसी खनाल रहेका छन् ।
खनालबाट प्रहरीले एक हजारका दरको ४९ लाख रुपैयाँ, ५०० दरको २० लाख ५० हजार रुपैयाँ र बिइङ ह्युमनको निलो रंगको झोला बरामद गरेको र थप अनुसन्धान तथा कारवाहीको लागी उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























