अन्तर्राष्ट्रिय
ओमिक्रोन भाइरस : चीनद्वारा खोपमाथिको अध्ययन सुरु
०

काठमाडौँ, मंसिर १८-
पछिल्लो समय विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बजारमा रहेको र खोपले काम नगर्न सक्ने आशंका बढिरहेको समयमा चीनले खोपमाथिको अध्ययनलाई तीव्रता दिएको छ।
चीनका विभिन्न कम्पनीहरु अहिले ओमिक्रोनलाई रोक्न सक्ने किसिमको खोप विकास गर्ने दिशामा अघि बढेका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका वरिष्ठ अधिकारी चेङ चोङवेईले ओमिक्रोनविरुद्धको खोप कहिल्यै पनि प्रयोगमा नआउन सक्ने सम्भावना भए पनि तयारीका लागि अहिले यो भेरियन्टविरुद्धको खोपको अनुसन्धान सुरु भएको बताएका छन्।
यद्यपि यसको अर्थ यो भेरियन्टमा अहिले प्रयोगको क्रममा रहेका खोपले काम नै गर्दैन भन्नेचाहिँ नरहेको उनको भनाइ छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























