अन्तर्राष्ट्रिय

आइएसद्धारा सिरियामा १० जनाको हत्या

Banner

दमास्कस, १७ मङ्सिर –
आइएसले सिरियाको अल खारताको एक तेल खानीमा काम गर्ने कम्तीमा पनि १० जना मजदुरको हत्या गरेका छन् । उनीहरुले बिहीबार सो क्षेत्रबाट तेल खानीमा काम गर्ने मजदुरहरु बोकेर गएको बसमा विद्युतीय धराप थापेका थिए ।

सिरियाको पूर्वी क्षेत्रमा पर्ने दियार अल जोर प्रान्तमा उनीहरुको हत्या गरेका प्रहरीले जनाएको छ ।

सिरियाली समाचार समिति, सानाले दिएको समाचारअनुसार इराकको सीमा क्षेत्रमा पर्ने सो प्रान्तमा आइएसले तेलको खानीमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई सधैँ तारो बनाउने गरेका छन् । (रासस/सिन्ह्वा)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>