देश/प्रदेश

विद्युत् आपूर्ति नियमित गर्न आग्रह

Banner

वीरगञ्ज (पर्सा), साउन २८ –

जिल्ला प्रशासन कार्यालय पर्साले विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई आफना सेवा नियमित र भरपर्दो तुल्याउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यालय समयमा विद्युत् आपूर्ति र इन्टरनेट सेवा नियमित नभएपछि राजस्व सङ्कलनलगायत कार्य प्रभावित भएको जनाउँदै ती सेवालाई नियमित तुल्याउन प्रदायक संस्थालाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “विद्युत् तथा इन्टरनेट सेवा नियमित गर्ने विषयलाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ । केही समयमै यो समस्या समाधान हुने विश्वास लिइएको छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>