अन्तर्राष्ट्रिय

डब्ल्यूएचओले नयाँ कोभिड-१९ स्ट्रेन ‘ओमिक्रोन’ लाई चिन्ताजनक भन्यो

Banner

स्विजरल्याण्डे, मङ्सिर ११-

विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड-१९ संस्करणB.1.1.529 लाई ओमिक्रोन’Omicron’ नाम दिएको छ। “कोरोनाभाइरस B.1.1.529 को भर्खरै पत्ता लागेको भेरियन्ट चिन्ताको विषय हो।

यसमा अन्य डरलाग्दो भेरियन्टहरूको बारेमा विज्ञानले थाहा पाएको भन्दा धेरै उत्परिवर्तनहरू छन्। वि.स्वा. संले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिदै उक्त टिप्पणी गरेको छ। ” हाल प्रयुक्त कोरोनाभाइरस खोपहरू नयाँ कोभिड-१९ संस्करण विरूद्ध कम प्रभावकारी हुन सक्ने पनि जनाइएको छ । नयाँ भेरियन्ट “डेल्टा” स्ट्रेन भन्दा पनि बढी सङ्क्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ । यो भेरियन्टलाई वैज्ञानिकहरूले B.1.1.529 को रूपमा चित्रण गरेका छन्।

डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले बैठकपछि प्रारम्भिक विश्लेषणले यस संस्करणमा ठूलो संख्यामा उत्परिवर्तनहरू आएका छन् जसबारे थप अध्ययन गरिनेछ। रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>