Breaking News

एमाले ‘हाइटेक’ महाधिवेशन आजबाट,नारायणी नदी किनारमा एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

Banner

चितवन,मंसिर १०-

नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको भव्य तयारी सकिएको छ । शुक्रबार (आज)बाट चितवनको नारायणगढमा महाधिवेशन सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ ।

पाँच लाख नेता–कार्यकर्ता चितवनमा

एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम तय गरिएको एमालेका सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

१० देखि १२ मंसिर गरी तीन दिनसम्म हुने सो महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ । सो महाधिवेशनमा सहभागी हुन र अवलोकन गर्न देशभरबाट झन्डै ५ लाख नेता÷कार्यकर्ता शुक्रबारसम्म चितवन आइपुग्ने नेकपा एमालेले जानकारी दिएको छ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश नेताहरू बिहीबार नै चितवन आइपुगेका छन् ।

उद्घाटन नारायणी किनार, बन्दसत्र सौराहामा

बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुँदै छन् । कार्यक्रमको उद्घाटन हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । चितवनका प्रत्येक घरमा निमन्त्रणापत्र पठाइएको एमालेले जनाएको छ । नारायणी नदीको नरायणढगढतर्फको किनारामा मात्रै सहभागी नअट्ने भएकाले नवलपरासीको गैंडाकोटतर्फको किनारामा पनि बस्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिकासमेत सार्वजनिक गरिएको छ । एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउँदै पर्चापम्प्लेटमा भने बन्देज लगाएको छ । मतदानका लागि १ सयवटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गर्दै छ । नारायणगढ बजार क्षेत्रमा मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइए पनि आत्यावश्यक सवारीसाधन चल्न पाउने व्यवस्था गरिएको छ ।

नारायणगढ बजार क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिस्ट पार्टीको हसिया हथांैडा अंकित झन्डा र ब्यानर सजाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ । अत्यावश्यक गाडी नरोकिने महाधिवेशन उद्घाटन क्रममा चितवनमा यात्रुलाई सहज हुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको स्थानीय प्रशासनले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइनेछ । नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक गाडी नरोकिने र अरू गाडीका लागि वैकल्पिक बाटोको व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने बसलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । पूर्वबाट चितवन हुँदै गुड्ने गाडीलाई बाइपास रोड खुला हुनेछ । पूर्वबाट काठमाडांै ओहोरदोहोर गर्ने गाडी भरतपुरको जिल्ला प्रशासन कार्यालय चोक, बाइपास– आँपटारी हुँदै चल्न पाउनेछन् ।

पूर्वबाट पश्चिम चल्ने गाडीलाई प्रशासन कार्यालय चोकबाट दक्षिण बाटो हुँदै नारायणी पुलसम्मको वैकल्पिक बाटो तय गरिएको छ । पश्चिमबाट छुट्ने गाडी नवलपरासीतिर नारायणी पुलको नजिकबाट शिवघाट जाने बाटो हुँदै पूर्वतर्फ र काठमाडौं चल्न मिल्ने चितवन प्रशासनले जनाएको छ । त्यसैगरी, पूर्वबाट पश्चिम चल्ने गाडी आँपटारी–बाइपास हुँदै जिल्ला प्रशासन कार्यालय चोकबाट घुमेर नारायणी पुलतर्फ जानुपर्नेछ ।

पूर्व–पश्चिम चल्ने यात्रुवाहक गाडी नारायणीको पुल हुँदै चल्न पाउने तर नारायणघाटको मुख्य बजारमा प्रवेश गर्न नपाउने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । उनका अनुसार नारायणीको पुलमा अरू भीडभाड गर्न रोकिनेछ । त्यस्तै, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्र अत्यावश्यक बाहेकका गाडी प्रवेशमा रोक लगाइएको छ । शुक्रबार बिहान १० बजेदेखि बेलुकासम्म ती क्षेत्रमा गाडी छिर्न पाउनेछैनन् ।

तर, अत्यावश्यक एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, मृत्युसंस्कारलगायतका गाडी चल्नेछन् । यात्रा गर्नेलाई सकेसम्म सहज हुनेगरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । १५ सय सुरक्षाकर्मी परिचालन महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । एक एआईजी र दुई डीआईजीको कमान्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइएको छ । एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ कार्की र दिवेश लोहनीको कमान्डमा महाधिवेशनको सुरक्षाका लागि सुरक्षाकर्मीहरू परिचालित छन् ।

चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झन्डै १ हजार ५ सय सुरक्षाकर्मी परिचालन हुनेछन् । महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका ८ सय, सशस्त्र प्रहरीको ४ सय ५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुनेछन् । त्यस्तै, चितवनसँग सीमाना जोडिएको नवलपुरको गैंडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिनेछन्

महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन लागि सुरक्षाकर्मी परिचालन गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक अस्मान तामाङले जानकारी दिए । महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउन आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको छ ।

भीआईपी बस्ने ठाउँ र महाधिवेशनस्थललाई विशेष निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख अधिकारीले जानकारी दिए । महाधिवेशन स्थलमा सार्दा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरी परिचालन हुनेछन् ।

चितवनका प्रत्येक घरमा निमन्त्रणापत्र

एमाले चितवनले महाधिवेशनको प्रचारप्रसार गर्न जिल्लाका प्रत्येक घरमा निमन्त्रणापत्र पठाइएको जनाएको छ । जिल्लामा रहेका ९८ वटै वडामार्फत निमन्त्रणापत्र पठाइएको १०औं महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिए । उद्घाटन सत्रमा जिल्लाभित्रबाट उल्लेख्य सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणापत्र नै पठाइएको उनले बताए ।

उद्घाटन कार्यक्रममा एमाले कार्यकर्ता मात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आमसर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको बताएको छ । चितवनबाट मात्रै उद्घाटन सत्रमा १ लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको सुवेदीले जानकारी दिए । महाधिवेशनको उद्घाटनका लागि भव्य मञ्च तयार भएको छ । सय जना अतिथि रहनेगरी आकर्षक मञ्च निर्माण गरिएको छ । १६ फिट अग्लो मञ्चमा चार खण्ड रहेका छन् ।

माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहनेछ । ७२ कलाकारले एकैपटक प्रस्तुति दिन सक्नेगरी मञ्च निर्माण गरिएको छ । मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो बनेको एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए । नारायणी नदीको पुलबाट र गैंडाकोटतर्फको नदी किनारबाट समेत हेर्न मिल्नेगरी मञ्च बनाइएको छ ।

महाधिवेशनका लागि चितवनका ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । जिल्ला प्रवेश गर्ने नाकादेखि बन्द सत्र हुने सौरहासम्म स्वागत गेट बनाइएको छ भने उद्घाटन स्थल ’चयगलम ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्न ‘सेल्फी प्वाइन्ट’ बनाइएको हो । कार्यक्रममा आउने सहभागीले सजिलै आफ्नो तस्बिर आफैंले लिन सक्नेगरी ‘सेल्फी प्वाइन्ट’ बनाइएको हो ।

नेता मदन भण्डारी, लेनिनका तस्बिर पनि ‘सेल्फी प्वाइन्ट’मा राख्ने व्यवस्था गरिएको एमाले केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए । चितवनतर्फ २१ र नारायणी पारि गैंडाकोटतर्फ चार ‘सेल्फी प्वाइन्ट’ रहेको छ । मुख्य मञ्चको दायाँ भागमा एमालेको झन्डा बोकेको गैंडा आकृति निर्माण रहने जानकारी दिँदै उनले त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिएको जानकारी दिए ।

महाधिवेशन उद्घाटनस्थल ’चयगलम २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्बिर राखिनेछ । गैंडाकोट क्षेत्रमा पर्ने नारायणी नदी किनारमा ठूलो आकारको बोर्ड राखिएको छ । जनताको बहुदलीय जनवाद ९जबज० जिन्दावाद लेखिएको बोर्डलाई नारायणी वारि कार्यक्रम हुने स्थलबाट सेल्फी लिन सकिने बनाइएको छ ।

बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी

महाधिवेशनमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुने भएका छन् । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचित र मनोनित गरी २ हजार १ सय ७५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिए । यसअघि कात्तिक २७ गते देशभरिबाट १ हजार १ सय ९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । यही मंसिर ७ गते बसेको स्थायी कमिटी बैठकले कुल निर्वाचित प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । यसैगरी, महाधिवेशनमा १ सय ३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।

प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा पनि बन्देज

महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाही हुने उनले चेतावनी दिए । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ ।

यस्तो छ निर्वाचन कार्यक्रम

शानिबार ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले बताए । सोही दिन बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ । मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बाले जानकारी दिए ११ गते बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।

सयवटा विद्युतीय मतदान मेसिन प्रयोग

चुनावमा सयवटा विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । ९२ वटा मेसिन चुनावका लागि प्रयोग गरिने र तीनवटा मेसिन नमुना मतदानका लागि कार्यालय अगाडि खुला राखिनेछ । पाँचवटा मेसिन जगेडामा राखिने र कुनै मेसिनमा गडबडी आएमा प्रयोगमा ल्याइने आयोगले जनाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ ।

एउटा मेसिनमा झन्डै २२ जनादेखि ३० जनाले मतदान गर्नेछन् । मतदान सकिएको झन्डै २ घण्टाभित्र नतिजासमेत आउनेगरी मतगणनाको व्यवस्था गरिनेछ । हरेक मेसिनबाट अलगअलग मतगणना गर्ने भएको हुँदा त्यति समय नलाग्ने आयोगको भनाइ छ । आपसी सञ्जालमा जोडिएको खण्डमा त्योभन्दा चाँडो नतिजा आउन सक्छ । नेकपा एमालेको विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा चुनाव गर्नुपर्नेहुन्छ ।

१५ जना पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् । निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न सहज बनाउन शनिबार राति नै मोबाइलमा उम्मेदवारको विवरण उपलब्ध गराउनेछ । १२ गते बिहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशितप्रति प्रतिनिधिको हातहातमा पु¥याइनेछ । मतदान गर्न सजिलोका लागि प्रतिनिधिलाई प्रकाशितप्रति साथै लैजान छुट दिइने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>