मनोरञ्जन

‘होस्टेल ३’ बाट फिल्ममा डेब्यु गर्दै ‘कुल ब्वाय’

Banner

काठमाडौं, वैशाख २१-

‘कुल ब्वाय’ को नामबाट चर्चित पारस बमले फिल्ममा डेब्यु गर्ने भएका छन्।

टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट क्रिएटर को रूपमा चर्चित उनी सफल फिल्म ‘होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल ३’ मा अनुबन्धित भएका हुन्।

उनलाई फिल्मको महत्वपूर्ण भूमिका र प्रमुख पात्रहरूमध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताए। होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनएजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यस फिल्मबाट डेब्यु गर्न लागेका पारस गायक समेत हुन्। उनका ‘कान्छी कता हिँडेको’  ‘बुवाको नाक होस्’ लगायतका गीतहरू चर्चित छन्।

फिल्मको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन्।

यस वर्षको अन्त्यतिर फिल्म प्रदर्शनको लक्ष्य राखेर तयारी अगाडि बढाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>