नवलपरासी

नवलपरासीमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदाँ दुई जनाको मृत्यु

Banner

नवलपरासी, मंसिर ७-

नवलपरासीको सुनवलमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

सुनवल नगरपालिका-४ रमवापुरमा भएको उक्त दुर्घटनामा सुनवल नगरपालिका १० का २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुँवरको मृत्यु भएको हो ।

गय राति साढे १२ बजे नम्बर नखुलेको सवारी साधनले ठक्करबाठ गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>