Breaking News

दुई समुदायबीच झडपपछि जनकपुर तनावग्रस्त, स्थानीय प्रशासनद्वारा निषेधाज्ञाको घोषणा

Banner

जनकपुरधाम, कात्तिक २७-

दुई समुदायबीच धनुषामा झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

छठ पर्वको दिन देवपुरा रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा विवाद हुँदा भएको झडपमा चारजना हिन्दू समुदायका व्यक्ति घाइते भएका थिए । सोही विषयलाई लिएर शनिबार मुस्लिम र हिन्दू समुदायबीच विवाद हुँदा पुनः उग्ररुप लिएको छ ।

झडपमा दुई जना प्रहरीसहित तीन जना घाइते भएका छन्। एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिलासमेत गरी तीन जना घाइते भएको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरिएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।

झडप थप उग्र हुन थालेपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सो वडामा निषेधाज्ञा जारी गरेका छन् । आज दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए ।

स्थानीय प्रशासनले पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>