अन्तर्राष्ट्रिय
चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छः महामारी विशेषज्ञ
०

ग्वाङ्झोउ, कात्तिक १३-
चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् ।
देशका विभिन्न भागमा छिटपुट स मामिला रिपोर्ट गरिएकाले शनिबार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन् ।
कोरोनाभाइरस र महामारीलाई छोटो अवधिमा उन्मूलन गर्न सकिँदैन, झोङले अन्य देशलाई कोभिड–१९ विरुद्ध कडा र प्राथमिकताका उपायहरू अपनाउन र सक्रिय रूपमा खोप लगाउन आह्वान गरेका छन्।
झोङले यस वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी चिनियाँ बासिन्दालाई पूर्णरूपमा खोप लगाइसकिनेमा आफू आशावादी रहेको बताए । रासस/सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























