प्रवास

खुल्यो कोरिया रोजगारी, दुई वर्षदेखि रोकिएका कामदार जान थाले

Banner

काठमाडौं,कार्तिक ९-

विगत दुई वर्षदेखि रोकिएका कामदार कोरिया रोजगारीमा जान पाउने भएका छन्। ४८ जना कमिटेड कामदारलाई बुधवार पठाउन लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ। कोरियाले पहिलोपटक ‘कमिटेड’ कामदार लान लागेको हो। (कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक्ट लिएर आएका) कामदारलाई पठाउन लागेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कमल ज्ञवालीले बताए।

कोरियाको मानव संशाधन सेवाबाट प्राप्त निर्देशन अनुसार कमिटेड कामदारको भिसा प्राप्त भएकाहरू जान पाउने ज्ञवालीको भनाइ छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि कोरिया रोजगारी अनिश्चित जस्तै बनेको थियो। कोरोेना फैलिएसँगै कोरिया सरकारले खोप, क्वारेन्टाइन लगायतका बन्देज लगाउँदै आएको थियो।

हाल सो समस्या समाधान भएसँगै कोरियामा कमिटेड कामदार पठाउन लागेको हो। ज्ञवालीले भने,‘पहिलो चरणमा ४८ जना कामदार पठाउन लागेका छौ।’ धेरै समयसम्म जान नपाएकाले फारमको समयावधि सकिएको छ। समय सकिए पनि पुनः फारम भरेर रोकिएका कामदारलाई दोस्रो उडानमा पठाइने ज्ञवालीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>