Breaking News

स्कुल अफ हेल्थ साइन्सको कमजोरी छानबिन गर्न प्रदेशमा समिति गठन, भर्ना प्रक्रिया स्थगन

  • Logo
    app haru
  • १९ आश्विन २०७८, मंगलबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असोज १९
स्कुल अफ हेल्थ साइन्सको कमजोरीबारे छानबिन गर्न प्रदेशमा समिति गठन गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) को बागमती प्रदेश कार्यालयले छानबिन समिति गठन गरेको हो । सिटिभिटी बागमती प्रदेशका निर्देशक टैलेन्द्र आचार्यले हेल्थ साइन्स (कलेज) को गल्ति देखिएको बताउँदै त्यसबारे छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयको आग्रह बमोजिम छानबिन समिति गठन गरिएको उनले बताए ।

सिटिभिटी बागमतीका उपनिर्देशक श्रिधर नेपालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । कलेजले जुन हिसाबले नतिजा निकाल्यो त्यसमा गल्ति देखिएको नेपालले बताए ।

प्रवेश परीक्षा आवेदन दिएका सबै विद्यार्थीको आइटिएमएस उल्लेख नगरी कलेजले नतिजा निकालेको पाइएको उनको भनाइ छ । २८५६ जनाले आवेदन दिएकामा कलेज प्रशासनले ६७ जना विद्यार्थीको आइटिएमएस उल्लेख नगरेको नेपालले बताए ।

पछि प्रदेशले कलेजको नतिजालाई रुजु गरेर सार्वजनिक गरिसकेपश्चात कलेजले फेरि यी विद्यार्थी छुटे भन्दै आएको नेपालले बताए । यसबारे वास्तविकताको छानबिन गरिने उनको भनाइ छ ।

कलेजकी प्रमुख रजनी मल्ले आफूहरुबाट गल्ति भएको स्वीकार गर्दै अनलाइन प्राणालीमा फारम भराइएकाले गल्ति हुन पुगेको बताइन् । उनले केही विद्यार्थीले सबै कोटामा पटकपटक फारम भरिदिँदा पनि समस्या सिर्जना भएको बताइन् ।

उनले २४ गतेसम्मको भर्नाको म्यादलाई थपिदिन प्रदेशसँग आग्रह गरेको बताउँदै म्याद थपिनेमा आफू विश्वस्त रहेको बताइन् । ९ गतेबाट सुरु गरिएको भर्ना अभियान २४ गतेसम्म रहेको छ ।

निजी कलेजहरुले धमाधम भर्ना लिइरहेका बेला सरकारी कलेजले अझै भर्ना खुलाउन नसक्दा विद्यार्थीहरुमा अन्यौलता सिर्जना भएको छ । जसले गर्दा विद्यार्थीहरु सरकारीको आश छाडेर निजीमा जान बाध्य भइरहेका छन् ।

विद्यार्थी संगठनको निरन्तर दबाब :

यथाशिघ्र भर्ना खुलाउन विद्यार्थी संगठनहरुले निरन्तर दबाब दिँदै आएका छन् । कलेजले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै अखिल क्रान्तिकारीले सोमबार कलेज प्रमुख (प्रधानाध्यापक) को कार्यकक्षमा तालाबन्दी गरेको थियो । क्रान्तिकारीले भएका सबै त्रुटीहरु सच्याएर २३ गतेभित्रमै भर्ना खुलाउन सर्त गरेर आज मंगलबार बिहान ताला खोलेको छ ।

विगत तीन वर्षदेखि विद्यार्थीको प्रवेश परीक्षाको नतिजामा कमीकमजोरी दोहोरिँदै आएको स्मरण गर्दै क्रान्तिकारीले यस विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एक विज्ञप्ति जारी गर्दै भर्ना प्रक्रिया छिटो खुलाउन आग्रह गरेको छ । अन्यथा सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने अनेरास्ववियु जनाएको छ ।

यस्तै, प्राविधिक विद्यार्थी परिषद्ले पनि एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न चेतावनी दिएको छ । परिषद्ले छिटोभन्दा छिटो भर्ना प्रक्रिया खुलाउन माग गरेको छ ।

यससम्बन्धी थप समाचारहरु :

निजी कलेजमा विद्यार्थी पठाउन चितवनको स्कुल अफ हेल्थ साइन्सको सेटिङ्ग, अझै खुलाएन भर्ना

 

निजी कलेजमा विद्यार्थी पठाउन चितवनको स्कुल अफ हेल्थ साइन्सको सेटिङ्ग, अझै खुलाएन भर्ना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>