समाचार
इन्टरनेट सेवा प्रदायकको दाबीः प्राधिकरणले तार काट्दा २० करोड क्षति भयो
०

चितवन,असोज १७-
नेपाल विद्युत् प्राधिकरणले इन्टरनेटको तार काट्दा देशभरमा २० करोड रुपैयाँ क्षति भएको इन्टरनेट सेवा प्रदायकले बताएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले एकै दिन करिब २० करोडको क्षति गराइदिएको बताए ।
उनले भने, ‘विद्युत् प्राधिकरणले एक दिन तार काट्दा हाम्रो करिब २० करोड क्षति भएको छ । प्राधिकरणले दम्भका आधारमा देशभर इन्टरनेट अवरुद्ध गर्ने तयारी गरिरहेको छ ।’ प्राधिकरणले तार काट्दा देशभरको इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै यसो नगर्न उनले आग्रह समेत गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























