चितवन विशेष

रत्ननगर नगरपालिकाको वृद्धभत्ता वितरणबारे बैंकहरुसँग अन्तरक्रिया

Banner

चितवन, असोज १५-

रत्ननगर नगरपालिकाले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताका विषयमा बैंकहरुसँग आज अन्तरक्रिया गरेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण र दसैँको समयमा गरिने पैसा वितरणलाई व्यवस्थित बनाउने विषयमा छलफल गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जानकारी दिए । सो नगरपालिकाले नेपाल बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, प्रभू बैंक, एनसीसी बैंक, सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक र मेघा बैंकका शाखा प्रमुखहरुसँग अन्र्तक्रिया गरेको हो ।

सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडाध्यक्षहरु लालबहादुर भट्ट, बलराम दाहाल, हुमनाथ लामिछाने, वीरबहादुर पाख्रिन, विनोद बस्नेत, शशिभक्त न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>