चितवन विशेष

रत्ननगरका ज्येष्ठ नागरिको स्वास्थ्य परीक्षण

Banner

चितवन, असोज १५-

रत्ननगर नगरपालिकाले नगर भित्रका ज्येष्ठ नागरिकको शुक्रबार स्वास्थ्य परीक्षण गरेको छ ।

३१ औं अन्तर्राष्टिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर ६० वर्ष माथिका करिब ६० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् । उनीहरुको उच्चरक्तचाप र मधुमेहको परीक्षण गरी स्वास्थ्य सम्बन्धी सुझाव समेत दिइएको छ ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख महिला विकास अधिकृत दीपा घिमिरेले बिर्सने रोग र त्यसले पार्ने असरका बारेमा सहजीकरण गरेका थिए । सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्ष गोकुलदास श्रेष्ठ, सचिव सूर्यनाथ न्यौपाने, वडास्तरीय ज्येष्ठ नागरिक समितिका संयोजक छविलाल घिमिरेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महिला विकास निरीक्षक रञ्जना पौडेल, सहायक महिला विकास अधिकृत जयन्ती रानाभाटले सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>