खेलकुद

भरतपुरमा हुने भेट्रान फुटबल प्रतियोगितामा ४० किलोको खसी पुरस्कार

Banner

चितवन, असोज १४-

भरतपुर महानगरपालिका–६ मा रहेको नवज्योति सामुदायिक वनमा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

विजया दशमीको अवसरमा ४० वर्ष माथिका उमेर समूहको सहभागिता हुने गरि भेट्रान प्रतियोगिता हुन लागेको हो । भरतपुर ६ को सामिप्यतामा रहेको सुन्दर पर्यटकिय गन्तव्य किङफिसर तालको प्रर्वद्धन र सम्वद्र्धनका लागि किङफिसर ताल अन्तर टोल विकास संस्था स्तरिय मैत्रीपूर्ण भेट्रान प्रतियोतिा हुन लागेको हो ।

केपा वाचनालय एवम् पर्यटन सूचना केन्द्रको आयोजनाका तालको प्रवद्र्धन गर्ने लक्ष्यसहित असोज १७ गते देखि २४ गते सम्म प्रतियोगिता गर्न लागिएको केन्द्रका अध्यक्ष पूर्णप्रसाद प्रसाइले जानकारी दिए । उनका अनुसार युवा पुस्ता, पर्यटन र खेलको संयोजनका लागि यो प्रतियोगिता गरिएको हो ।

यस क्षेत्रमा खेलकुदका लागि कुनै खाली मैदानसमेत नभएको बेला केपा वाचनालयले खेलकुद प्रतियोगिता मार्फत् नवज्योति मध्यवर्ती सामुदायिक वनको भवन नजिक रहेको मैदानको स्तरोन्तति समेत गर्ने प्रसाइको भनाइ छ ।

भरतपुर ६ मा ३२ वटा टोल सुधार समिति रहेका छन् । हरेक टोलबाट फुटबल टोलीको सहभागिता रहने प्रसाइको भनाइ छ । पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने नाराका साथ गरिने फुटबल प्रतियोगितामा प्रत्येक टिममा ९÷९ जना खेलाडी हुने केन्द्रका उपाध्यक्ष कृष्ण्बहादुर कँुवरले बताए । प्रतियोगिताले किङ फिसर तालको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनको विस्वास छ । सहभागी टिमका लागि तीन हजार प्रवेश शुल्क लाग्ने केन्द्रका सचिव राम प्रसाद तिमिल्सेनाले जानकारी दिए । प्रतियोगितामा होडिङ बोर्ड मार्फत किङफिसरको प्रचारप्रसार गरिने छ ।

प्रतियोगितामा प्रथम हुनेले ४० किलोको खसी पुरस्कार पाउनेछन् । द्धितिय हुनेले २५ किलोको खसी र तृतीय हुनेले नगद सात हजार प्राप्त गर्नेछन् । भरतपुर महानगरपालिका ६ मा रहेको किङ फिसर ताल चौविसकोटी देखि ९ किलो मिटर दक्षिण पश्चिममा पर्छ । पछिल्लो समय आन्तरिक पर्यटकका लागि घुम्नको लागि उत्कृष्ट गन्तव्य बनाउन राष्ट्रपति चुरे तराई मधेस संरक्षण आयोजना अन्तर्गत तालको एक करोड ४० लाखको लागतमा संरक्षण, सम्वद्र्धन र पुननिर्माण भएको हो । नेपाली सेनाको कालि प्रसाद गढ ई भैंसे व्यारेक मकवानपुरको सहकार्यमा पुननिर्माण गरिएको हो । किङ फिसर तालका चार भाग छन् । प्रत्येक भाग पुग्न वरपर ग्राभेल सहितको आर्कषक फुट वे र ड्यामको निमार्ण गरिएको छ । ताल पर्यटकका लागि नयाँ एवम् उत्कृष्ट गन्तव्य बन्ने स्थानीयको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>