बजार

रेडमी १० प्राइम मोबाइल बजारमा

Banner

चितवन, असोज ३ –

रेडमी १० प्राइम मोबाइल नेपाली बजारमा आएको छ ।

शाओमी ग्लोबल टेक्नोलोजी लीडरले आज आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइम को साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीले प्रेषित गरेको विज्ञप्तिमा अपेक्षा गरेको भन्दा बढी प्रदर्शन प्रदान गर्ने रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको जनाइएको छ । यसले प्रभावशाली ९० हट्र्जको ६.५ इन्चको एफएचडीको साथमा एडप्टिभ सिन्क डिस्प्लेको प्रस्तुत गर्ने जनाइएको छ । पातलो डिजाइनको साथमा यो शक्तिशाली छ हजार एमएएचको दुई दिने ब्याट्रीको साथ उपलब्ध छ । यो उपकरण मेमोरी एक्सटेन्सन सुविधाको साथ उपलब्ध छ जसले प्रयोगकर्ताहरुलाई अस्थायी रूपमा दुई जीबीसम्मको ¥याम उनीहरुको स्मार्टफोन स्टोरेजमा स्टोर गर्न मद्दत गर्छ र सहज कार्यक्षमता र वृद्धि प्रदर्शनको सुविधा प्रस्तुत गर्छ । शक्ति र रचनात्मकतालाई ध्यानमा राखेर डिजाइन गरिएको यो उपकरणले कन्टेन्ट क्रियटर , स्ट्रिमिङ गर्ने उत्साहीहरु, विद्यार्थीहरु र मोबाइल गेमरहरु सबैको लागि एक उच्च अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

सार्वजनिक भएको मोबाइलको बारेमा टिप्पणी गर्दै विज्ञप्तिमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमी १० प्राइमको लन्चसँगै, हामीले अल–राउन्ड सुपरस्टार ल्याइ रहेका छौं जसले प्रयोगकर्ताहरुको लागि क्यामेरामा ल्याइएको सुधार, उच्च रिजोलुशन डिस्प्ले, उच्च प्रदर्शन, र पावर प्याक ब्याट्री लाइफ सुधारका साथ रेडमी नोट १० सिरिज र रेडमी सिरिजलाई साथ ल्याउन गर्न मद्दत गर्छ । रेडमीले हरेक कन्टेन्ट क्रियटरहरुलाई नयाँ टेक्नोलोजीसँग पहुँचयोग्य बनाउने प्रतिज्ञा पूरा गर्दै, रेडमी १० प्राइम मुख्यधाराको उपकरण क्षेत्रमा एक कदम अगाडि रहेको छ ।’

विज्ञप्तिमा जनाइए अनुसार रेडमी १० प्राइमले ५० मेगापिक्सेल अल्ट्रा हाई रिजोलुसनको मेन क्यामेरालाई प्रस्तुत गर्दछ जसले तारकीय विवरणसहित अद्भुत कन्टेन्टलाई कैद गर्दछ । ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र दुई मेगापिक्सेलको डेप्थ सेन्सरको साथ रेडमी १० प्राइमले प्रयोगकर्ताहरुलाई सबै पल कैद गर्नको लागि स्वतन्त्रता प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ । नाइट मोड वा प्रो कलर मोडका साथ प्रयोगकर्ताहरुले ब्राइटनेसलाई बढाउन सक्छन् र फोटोलाई अधिक रंगीन बनाउनको लागि थोरै स्याचुरेसनलाई बढाउन सक्ने सुविधा छ । प्रयोगकर्ताहरुलाई प्यानरोमा सेल्फी÷ग्रुपिज लिन को लागि र साथीहरु तथा परिवारहरुसँग यादगार पल कैद गर्न को लागि सोही फिचरहरुको उपयोग गर्दै, रेड मी १० प्राइम ८ मेगापिक्सेलको सेल्फी क्यामेराको साथ उपलब्ध छ ।
विभिन्न क्यामेराको फिचरहरुसँग भिडियोलाई कैद गरी रचनात्मकता प्रदान गर्ने र डुअल माइकका साथ राम्रो अडियो रेकर्डिङ गर्ने, रेडमी १० प्राइम एक कन्टेन्ट क्रिएटरको लागि स्वर्ग नै हो ।

यो उपकरणले फोटोग्राफी र भिडियो शटहरुमा फ्लेयर जोड्ने स्टाइलिश फिल्टरहरुको सूटलाई प्याक गर्छ । इमेज प्रोसेसिङलाई थुप्रै रोचक सुविधाहरु जस्तै पोर्टेट मोड फिल्टरका साथ अझ इन्हान्स्ड गरिएको छ । यो मोडका सांथ, प्रयोगकर्ताले मात्र दुई चरण मा आश्चर्यजनक पोर्टेट फोटोहरु क्लिक गर्न सक्नेछन् जसले ग्यालरीमा स्टाइलिश फिल्टरलाई जोड्छ । कन्टेन्ट व्रिmएटररहरुलाई इमेजको विभिन्न पक्षहरु अन्वेषण गर्न र त्यही अनुसार क्रप, ब्युटिफाइ, इमेजको सेटिङलाई मिलाउन, यो एक इन–बिल्ट एडिटरका साथ उपलब्ध रहेको छ । विभिन्न अन्य सुविधाहरु जस्तै स्काई मोड, कलाइडस्कोप मोड, सर्ट भिडियो फिल्टर मोडका साथ, प्रयोगकर्ताले आफ्नो सौन्दर्यशास्त्रको सम्पूर्ण सेट परिवर्तन गर्न र रंगहरुलाई बढाउन वा आवश्यकता अनुसार उनीहरुलाई टोन गर्न सक्नेछन् ।

रेडमी १० प्राइम दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ– ४जीबी र ६४जीबी (१जीबीले बढाउन सकिने र्याम) नेपाली २० हजार ९९९ रुपैयाँमा र ६ जीबी तथा १२८ जीबी र्याम (२ जीबीले बढाउन सकिने र्याम) नेपाली २३ हजार ९९९ मा उपलब्ध हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>