खेलकुद

१८ वर्षीया राडुकानुले जितिन् यूएस ओपनको उपाधि

Banner

काठमाडौं भदौ २७-

ब्रिटेनकी १८ वर्षीया टेनिस खेलाडी इमा रडुकानुले युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि जितेकी छिन्। उनीले पहिलो ग्रान्डस्लाम उपाधि उचालेकी हुन् ।

योसँगै राडुकानु कुनै पनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी छन् । उनले विश्व वरीयतामा २३ स्थान फड्को मारेकी छन् । उपाधिसँगै उनले १.८ मिलियन पाउन्ड पुरस्कार प्राप्त गरिन् । राडुकानु भन्छिन “उपाधिले मलाई धेरै हौसला मिलेको छ र ब्रिटिस आइकनहरूको पाइला पछ्याउन पाउँदा खुसी छु।”

उनले १९ वर्षीया क्यानेडियन खेलाडी लेला फर्नान्डेजमाथि ६–४ र ६–३ को सेटमा जित निकालिन् । शनिबार राति भएको उपाधि भिडन्तमा इमाले क्यानडाकी लेइला फर्नान्डेजलाई सोझो सेटमा पराजित गर्न सफल भइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>