Breaking News

पश्चिम नवलपरासीमा माधब नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्ने १ जना,पूर्वी नवलपरासीमा शुन्य

Banner

नवलपरासी भदौं २२-

पश्चिम नवलपरासीमा नेकपा एमाले त्यागेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोज्ने एक जना मात्र जनप्रतिनिधि रहेका छन् । त्यसैगरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी त्यागेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा भने कुनै पनि जनप्रतिनिधि गएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयमा पुगेर माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्ने २ मध्ये १ जनाले सनाखत फिर्ता लिएका हुन् । सनाखत गर्नेमा बर्दघाट नगरपालिका–९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाई छन् । वडा नं. २ का सदस्य कृष्ण प्रसाद पाण्डेले सुरुमा सनाखत गरेपनि पछि फिर्ता लिएका हुन् । सनाखत फिर्ता स्विकृत गर्न नमिल्ने भएकाले उक्त पत्र आयोगमा पठाउने जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले बताईन् ।

जिल्लामा ७ स्थानीय तह छन् । तिमध्ये नेकपा एमालेका १ मेयर, २ उपमेयर तथा १/१ जना गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १ सय २५ जना जनप्रतिनिधि छन् । जिल्लाबाट संघ, प्रदेश र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेमा स्वतन्त्र राजनीतिक समुहको नाउँबाट सूर्य चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री हृदयेश त्रिपाठी र सोही समुहबाट निर्वाचित प्रदेश सभा सदस्यबाहेक ४ जना छन् । जसमा २ प्रदेशसभा सदस्य र २ जना राष्ट्रियसभाका समानुपातिक सासंद छन् ।

त्यस्तै ७ वडाअध्यक्षसहित ३२ जना स्थानीय तहमा निर्वाचित भएका तत्कालीन मधेशवादी दलका जनप्रतिनिधिहरु कोही पनि ठाकुर नेतृत्वको पार्टीमा गएका छैनन् ।

पूर्वी नवलपरासीमा शुन्य

पूर्वी नवलपरासीमा भने कोही पनि जनप्रतिनिधि माधव नेपाल नेतृत्वको दलमा गएका छैनन् । तत्कालीन मधेशवादी दलबाट भने कोही पनि निर्वाचित भएका थिएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>