चितवन विशेष

चितवनका प्रकाश ‘माइला’ लाई यो वर्षको युवा मोती पुरस्कार

Banner

चितवन, भदौं १५-

नेपाली साहित्यको महत्वपूर्ण पुरस्कार मध्ये एक मानिएको मोती पुरस्कार चितवनका प्रकाश पौडेल ‘माइला’ ले प्राप्त गरेका छन् ।

युवा परिषद् कोषको सोमबारको बैठकले जापानमा बसेर संसारभरका नेपाली स्रस्टाको नेतृत्व गरिरहेका चितवन चनौलीका स्थायी बासिन्दा युवा साहित्यकार ‘माइला’ लाई सो पुरस्कार दिने निर्णय गरेको हो ।

बिगत १६ वर्षदेखि जापानलाई कर्म थलो बनाइरहेका प्रकाश ‘माइला’ रातापुर प्रावि, भिमनगर मावि र अन्नपूर्ण मावि पार्वतीपुरमा अध्ययन गरेका हुन् । उनी स्कुले जीवनदेखि नै लेखन र सिर्जनामा औधि रुचि राख्थे ।

पर्दाफाश हाइकु सङ्ग्रह पहिलो कृति हो भने उनले दर्जन बढी पुस्तक लेखन र सम्पादन गरिसकेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा गत साल मात्रै निर्विरोध निर्वाचित भएका पौडेल शालिन र भद्र मिजासका छन् । जसले वल्र्ड हाइकु एशोसिएसन जापानमा कार्यकारी पदमा रहेर काम गरिसकेका छन् । उनले नारायणी अनलाइनसँगको कुराकानीमा ‘विदेशमा बसेर गरिने साहित्य सेवालाई घर देशबाट पनि उपयुक्त मूल्यांकन हुने रहेछ । यसले मलाई थप उर्जा र हौशला दिएको छ ।’

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदान गर्दै आइरहेको युवा वर्ष मोती पुरस्कार–२०७८ पाउनेमा काठमाडौँ बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहेका हेम प्रभास पनि छन् । दुवैलाई संयुक्तरुपमा सो पुरस्कार दिने निर्णय भएको हो

कोभिड–१९ का कारण गत वर्ष रोकिएको मोती पुरस्कारको घोषणा यसै वर्ष गरेका कारण एकैसाथ चार जना युवा स्रष्टाले यो पुरस्कार पाएका हुन् । निर्णायक मण्डलले २०७७ सालका लागि कवि, आख्यानकार, समालोचक एवम् साहित्य अन्वेषक महेश पौड्याल र कवि एवम् साहित्यिक पत्रकार मिनकुमार नवोदितलाई प्रदान गर्ने निणर्य गरेको हो । पुरस्कारको राशी ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । यो राशी दुई जनाले संयुक्तरूपमा प्राप्त गर्नेछन् ।

मोतीराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरुलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिन्छ । युवा वर्ष मोती पुरस्कार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई युनाइटेड नेसनल युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>