Breaking News

गैंडाकोटको थुम्सीमा डाइभर्सन बगेपछिको सास्ती, जंगलमा सयौं सवारी अलपत्र (फोटो/भिडियोसहित)

  • Logo
    app haru
  • १३ भाद्र २०७८, आइतबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

नवलपुर, भदौ १३ –
पूर्वी नवलपरासीको थुम्सीमा डाइभर्सन बगाएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा उक्त सडक भएर यातायात गर्नेहरुले निकै सास्ती खेप्नु परेको छ ।
जंगल क्षेत्रमा लामो समयसम्म सवारी रोकिँदा यात्रुहरु भोकभोकै बस्न बाध्य भएका छन् । एम्बुलेन्स लगायतका अति आवश्यक सवारी साधनहरु पनि रोकिँदा यस क्षेत्रका बासिन्दा निकै मारमा परेका छन् ।

गैंडाकोटको थुम्सी जङ्गलमा पर्ने २३ स्मृति नजिक बिहीबार राति ९ बजेबाट डाइभर्सन बगाएको थियो । चार दिन बितिसक्दा पनि सडक पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । डाइभर्सन बगाएको ठाउँमा हेम्पाइप हालेर अस्थायी रुपमा डाइभर्सन बनाउन खोजिएको छ ।

हाल डाइभर्सन बगाएको स्थानमा केही समय जेसिबीले डाइभर्सन मर्मतको काम गर्छ भने केही समय रोकिएका सवारी साधनहरुलाई पास गराइन्छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख एवम् प्रहरी निरीक्षक (इन्सेपेक्ट) लक्ष्मी पाण्डे खनालले निरन्तर पानी परिरहेकाले जति प्रयास गरे पनि काम सफल हुन नसकेको बताइन् । पानी नरोकिँदा डाइभर्सनमा राखेको गिट्टीमाटो हिलो भएर सवारी फस्दा झनै समस्या भएको छ । पानी नरोकिएकाले डाइभर्सन बनाएर कहिलेसम्म सकिन्छ भन्ने अवस्था नरहेको इन्सपेकटर पाण्डे बताउँछिन् ।

हेरौं नारायणी अनलाइन संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’मनिरत्न पौडेल डाइभर्सन बगाएको स्थानमा पुगि खिचेको तस्विर र भिडियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>