चितवन विशेष

स्थानीय तहसहित चितवनका सरकारी कार्यालयको समिक्षा बैठक

Banner

चितवन, भदौ १२–

चितवनमा रहेका स्थानीय तह र सरकारी कार्यालयहरुले गरेका कार्यसम्पादन तथा विकास निर्माणबारे पर्यटकीय क्षेत्र सौराहामा समीक्षा गरिएको छ ।

जिल्ला समन्वय समिति चितवनको आयोजनामा शुक्रबार र शनिबार समिक्षा बैठक भएको थियो । दुई दिनसम्म यहाँका ६ वटा पालिकाहरु तथा अन्य सरकारी कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यसम्पादन र विकास निर्माणका बारे समिक्षा गरिएको हो ।

बैठकमा आमन्त्रण गरिएपनि भरतपुर महानगरपालिका भने उपस्थित भएन् । सरकारी कार्यालय र स्थानीय तहहरुबीच समन्वय गर्ने संस्था जिल्ला समन्वय समिति भएपनि समितिले गर्ने गतिविधीमा भरतपुर महानगरपालिका विरलै उपस्थित हुने गर्छ । जिल्लाको रत्ननगर,खैरहनी,राप्ती ,कालिका र माडी नगपालिका तथा इच्छाकामना गाउँपालिकासहित सरकारी कार्यालयहरुले गत वर्षको प्रगति विवरण सो अवसरमा प्रस्तुत गरेका थिए । पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु तथा अन्य सरकारी कार्यालय प्रमुखहरुले प्रगति विवरण वैठकमा पेश गरेका हुन् ।

अघिल्ला वर्षमा भएका कामको समिक्षाबाट आगामी वर्ष गर्ने योजना तथा कार्यक्रम अझ बढी प्रभावकारी बनाउन समन्वय समितिले बैठक राख्दै आएको समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । बैठक समापनका अवसरमा यहाँका जनप्रतिनिधीहरुले विकास निर्माणको काम आर्थिक वर्षको अन्तिममा गर्ने चलन अझै हट्न नसकेको भन्दै त्यस्तो प्रवृत्तीलाई तोड्नु पर्ने, स्थानीय तहको आवश्यकता अनुसार संघ र प्रदेश मातहतमा रहेका कार्यालयहरुले समन्वय गरेर काम गर्नु पर्ने लगायतका विषयमा जोड दिए ।

समापनमा रत्ननगरका मेयर नारायण वन, कालिकाका मेयर खुमनारायण श्रेष्ठ, माडी नगरपालिका उपमेयर ताराकाजी महतोले आआफ्नो धारणा राखे । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको समापनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अन्य जिल्लाको तुलनामा पूँजीगत खर्चमा चितवन जिल्ला अगाडी रहेको, बेरुजुलाई विस्तारै कम गर्दै लैजानु पर्ने, रकम फ्रिज नहुने गरि काम गर्नु पर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>