कर्पोरेट

बजाजले दसैँको लागि ल्यायो ‘खुसीको तीन डोज’

Banner

चितवन, भदौं ८-

दसैँको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘खुसी को तीन डोज’ योजना सार्वजनिक गरेको छ ।

कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहक माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको जनाइएको हो । कम्पनीले आज प्रेषित गरेको विज्ञप्तिमा दसैँ चाडको महत्वपूर्ण समयमा, बजाजले उपभोक्ताहरुलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने, खुसीका साथ उत्सव मनाउने र ग्राहहरुको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गरेको उल्लेख छ ।

बजाजले बजारमा ल्याएको ‘बजाज खुसी को ३ डोज’ अभियानमा कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले,, किन्ने समयमा र किनी सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । ग्राहकले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँ सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक, उपभोक्ताले मोटरसाइकलको खरिदको दौरानमा एक लाखसम्मको नगद मूल्य प्राप्त गर्न सक्ने र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाखको नगद पुरस्कार प्राप्त गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शेखर गोल्छाले भनेका छन् ‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । बजाजले दसैँ महोत्सवको अवसरमा उपभोक्तालाई दोहोरो खुसी दिने प्रयास गर्ने उद्देश्यले ‘बजाज खुसी को तीन डोज’ अभियान प्रस्तुत गरेको हो । सधैँ समयको आवश्यकता अनुसार रोचक र उपयोगी अफरहरु दिनको लागी समर्पित रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस अफरबाट निकै खुसी हुनेछन् । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>