देश/प्रदेश

आजै विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री केसी

Banner

लुम्बिनी, भदौ ७–

गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले आजै विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेको अवरोधकै बीच मुख्यमन्त्री कुलप्रसाद केसीले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् । प्रदेशसभा सचिवालयले मुख्यमन्त्री केसीले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेश गर्ने कार्यसूची सहितको सूचना दिउँसो साढे २ बजे सूचना टाँस गरी जानकारी गराएको हो।

आज विहान बसेको बैठक पटकपटक अवरुद्ध हुँदै आइरहेको छ । प्रतिपक्ष दल नेकपा एमालेले आफ्ना दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरूद्ध गर्दै आएको छ। एमालेले सोमबार बिहान सभामुख पूर्णबहादुर घर्तीलाई पत्र दिँदै कारबाही नभएसम्म बैठक अवरूद्ध गर्ने जानकारी दिएको थियो।

चार दलीय गठबन्धनको सहमतिबाट गत साउन २८ गते केसी मुख्यमन्त्री नियुक्त भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>