राजनीति

१० बुँदे सहमति सहित अघि बढ्न एमाले प्रतिबद्ध : शंकर पोखरेल

Banner

काठमाडौं ,  भदौ ३ – काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको जनाएका छन् ।  सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुःखद भएको बताएउछन्  नेता पोखरेल ।

सामाजिक सन्जालमा नेता पोखेलले लेखेका छन्,कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध छ ।  लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेल अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच सहमतिको मस्यौदा तयार पार्न गठित कार्यदलका सदस्यसमेत हुन् ।

दुवै पक्षका नेताहरुले सहमतिका १० बुँदा तयार पारेर नेतृत्वलाई बुझाए पनि ओली र नेपालबीचको टकरावले सो सहमति अलपत्र परेको थियो । सहमतिलाई अपनत्व नलिएका नेता नेपालले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टी ‘एमाले समाजवादी’ दर्ता गर्न निवेदन दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>