राजनीति

कांग्रेसले देशमा अस्थिरता बढायो,आत्मघाती र फोहरी बाटोमा हिड्योः कमल थापा

Banner

काठमाडौं,भदौं ३-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस आत्मघाती र फोहरी बाटोमा हिँडेको बताएका छन्। सरकारले ल्याएको दलविभाजनसम्बन्धी अध्यादेशप्रति लक्षित गर्दै उनले यसले राजनीतिक अस्थिरता बढाउने बताएका हुन्।

सामाजिक संजाल ट्वीटरमार्फत उनले देशको राजनीतिक वातावरणका लागि यो शुभसंकेत नभएको टिप्पणीसमेत गरेका छन्।

नेपालको संविधानको धारा ७६ (५) प्रयोग गर्दा सांसद निर्दलीय हुन पाउने सर्वोच्च अदालतको व्याख्या र गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणाली नै कमजोर बनाउने उनको ठहर छ। पछिल्ला घटनाक्रम र यस्ता गतिविधिले राजनीतिक अस्थिरता बढाउने निश्चित रहेको उनले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>