राजनीति
एमाले (समाजबादी)को केन्द्रिय सदस्यमा मेरो सहमती छैनः चितवनका सांसद खनाल

चितवन,भदौं २-
चितवनका प्रदेश सभा सदस्य कृष्ण खनालले माधव कुमार नेपाल नेतृत्वको एमाले समाजबादीको केन्द्रिय सदस्यमा आफु नरहेको बताएका छन । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा दिएको निवेदनमा केन्द्रिय सदस्यको रुपमा कृष्ण खनालको पनि नाम समावेश गरेपछि उनले सो कुरा बताएका हुन ।
नारायणी अनलाइनसंग कुरा गर्दै खनालले भने,‘एमाले समाजबादी पार्टीको केन्द्रिय सदस्यमा मेरो सहमती छैन । म एमाले मै छु ।’ खनालसंगै चितवनका केशवलाल श्रेष्ठ र सिता बस्यालको नाम केन्द्रिय कमिटीमा समावेश गरिएको छ ।
सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् । जसमा नेकपा एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय कमिटीका सदस्यमध्ये ५८ जना रहेका छन् ।
























