Uncategorized

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

Banner

काठमाडौं , भदौ २ – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो ।

पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबाट यसको चौतर्फी विरोध भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>