समाचार
तीन दिनदेखि बेपत्ता रहेकी किशोरी भेटिइन् मृत अवस्थामा
०

जनकपुरधाम, भदौ २ – जिल्लाको लालबन्दी नगरपालिका सर्लाहीमा बस्ने एक किशोरी तीन दिन पछि मृत अवस्थामा फेला परेकी छन् ।
लालबन्दी नगरपालिका वडा नम्बर १७, रानीगंज निवासी राजन भुजेलकी १६ बर्षीया छोरी प्रियंकाको शव घरदेखि झण्डै तीन किलोमिटर टाढा शव फेला परेको हो ।
लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलामा उनको शव फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । डीएसपी बुढाथोकीका अनुसार शव सडेको अवस्थामा फेला परेको र ‘मृत शरीरमा त्यस्तो निलडाम र घाउ पनि देखिएको छैन ।
साउन ३१ गते घरबाट प्रियंका हराएपछि परिवारजनले ३२ साउनमा इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थियो ।
किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























