चितवन विशेष

लियो क्लव अफ भरतपुर युथले सुरु गर्‍यो एक महिने मास्क वितरण अभियान

Banner

चितवन, भदौ १
भरतपुरमा माक्स नलगाइ हिँड्नेहरुलाई लक्ष्ति गरेर मास्क वितरण तथा सचेतनामुलक अभियान सुरु गरिएको छ ।

लियो क्लव अफ भरतपुर युथले आज भदौ १ गते मंगलबारदेखि सो अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन क्लवले आज क्यान्सर अस्पताल र त्यस आसपासमा मास्क वितरण तथा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । क्लवका सदस्यहरुले प्रहरीसँग समन्वयन गर्दै माक्स वितरण तथा ब्यानर प्रदशन गरेका थिए ।

अभियानका संयोजक कुवेर भट्टले मास्क वितरण अभियान दैनिक रुपमा एक महिनासम्म सञ्चालन गर्ने योजना रहेको सुनाए । उनले अभियानअन्तर्गत भोलि बिहान चौबिसकोठीमा मास्क वितरण गरिने जानकारी दिए ।

क्लवका अध्यक्ष गौरव उपाध्यायले चितवनमा कोराना भाइरस (कोभिड–१९) को संख्या बढ्दै गएको अवस्थामा पनि केही मानिसहरु मास्क नलगाइ हिँडेको देख्दा क्लवले यो अभियान सुरु गरेको जानकारी दिए । अभियानमा घरदैलो एक्सप्रेसले विशेष सहयोग गरेको बताउँदै अध्यक्ष उपाध्यायले घरदैलोप्रति आभार प्रकट गरे ।

सम्बन्धित समाचार :

नारायणगढमा माक्स नलगाइ हिँड्नेहरुलाई माक्स वितरण तथा सचेतना (फोटोफिचर)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>