राजनीति
आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने प्रचण्डको दाबी
०
काठमाडौं,साउन ३१-
तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ । केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ । ‘आगामी निर्वाचनसम्म पुग्दा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ,’ प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।
बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिर्पोटिङ गर्ने क्रममा प्रचण्डले माओवादीको बलियो सांगठनिक संरचना नै मुलुकको प्रमुख शक्ति बन्ने आधार भएको तक गरेका थिए । उनले अहिले तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको विषयलाई पनि आगामी निर्वाचनपछि प्रमुख शक्ति बन्ने आधारमा व्याख्या गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























