Breaking News
भरतपुर विमानस्थलमा आगलागी, विशिष्ट कक्ष पूर्णरुपमा क्षति
०

चितवन, साउन ३०–
भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।
विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।
आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















