देश/प्रदेश

ओलीबारे मात्रिका यादवका अभिव्यक्ति संसदको रेकर्डबाट हटाइने

Banner

काठमाडौं, साउन २९
बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाइने भएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकबाट सभामुख अग्निप्रसाद सापकोटाले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

एमालेले सो अभिव्यक्ति हटाउन माग गर्दै सदन शुरु हुनासाथ आपत्ति जनाएपछि सभामुखले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठक शुरु हुनासाथ एमाले सांसदहरु आआफ्नो ठाउँमा उठेका थिए । त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए ।

भट्टराईले यादवले एमाले संसदीय दलका नेता तथा पूर्व प्रधामन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति असंसदीय भएको र कुनै हालतमा स्वीकार्य नहुने भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>