Breaking News
सुरक्षा अवस्था बुझ्न वाग्मती प्रदेश प्रहरी प्रमुख चितवनमा, उच्च मनोबलका साथ काम गर्न निर्देशन

चितवन, साउन २८
वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश जंग कार्कीले आज चितवनको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
कार्की जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी अधिकारीहरुसँग भेटघाट गरी समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था र भइरहेका कामकारवाहीबारे जानकारी लिएका हुन् । उनले जिल्ला प्रहरी सम्पूर्ण शाखा, मेश, भवन, हिरासत कक्ष र ब्यारेक भवनको निरीक्षण गर्दै प्रहरीलाई उपलब्ध साधनस्रोत र सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । निरीक्षण कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई कोभिडको प्रतिकुल समयमा पनि चितवन प्रहरीको काम कारबाही उत्कृष्ट रहेको भन्दै प्रहरीको प्रशंसा गरे ।
सो अवसरमा उनले चितवन प्रहरी भनेको माहानगरमा खटिने प्रहरी भएकोले शारीरिक तथा मानसिक रुपमा दुरुस्त रही अझ सक्रिय भई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले नारायणी अनलाइनलाई जानकारी दिए ।























